Wednesday, June 29, 2011

समय र साथ

भेट मेरो अनौठो थियो, उनको र मेरो साथ पनि
माया मेरो चोखो थियो, आँखा लोभी भए पनि
साथ दिन्छु भनेकै थिए, आखिर चोट खाए पनि
लाउन्न भन्छु अब माया, असल साथी पाए पनि

समयलाई मनिशले चिन्नै पर्ने, कुरो रहेछ
समयलाई नाचिन्नाले आज, एस्तो अवस्था भएछ
म बिर्सन्न तिमीलाई, तिमीले बिर्सी गए पनि
लाउन्न भन्छु अब माया, असल साथी पाए पनि

मेरो माया चोखो थियो, किन अबुज बनिदियौ
झुटो सपना देखाएर, आँखा पनि रसाई दियौ
हात थाम्छु भनेकै थिए, परिस्थिथि बदलिएर आए पनि
लाउन्न भन्छु अब माया, असल साथी पाए पनि

माया मेरो छैन भनि, ठुलो भए लाग्यो होला
आफु प्रति आफैलाइ , घमण्ड पक्कै जाग्यो होला
पछि सोच्छौ एक्लै टोलाई, हामी दुइको साथ पनि
लाउन्न भन्छु अब माया, असल साथी पाए पनि !!!!

समिप खतिवडा

Sunday, June 26, 2011

दुखेको मन

आश ठुलो थियो तिम्रो, आखिर टाढा भयौ
भूल मेरो सानो थियो, तर रुदै गयौ
फर्काउन सकिन तिमीलाई, धेरै कोशिस गरे
अन्त्यमा त नसकेर, आखामा आशु भरे!!!

धेरै वर्ष कुँरे तिमीलाई, तर फर्की आइनौ
यादमा मात्र सिमित भयौ, सामुन्ने त छैनौ
अब के नै बाकी छ र, तिमिनै गएपछी
माया भन्ने चिजै यस्तो, मुटु टुक्रेपछि!!!

गल्तीलाई त माफी दिन्छन, दिदैनन नि पिडा
बरु मलाई गरे हुन्थो, धेरै धेरै घ्रिडा
तिम्रो माया धेरै लाग्थो, लाग्छ आज पनि
लग्यो समयले छानी छानी, तिमीलाई पनि!!!

समिप खतिवडा

देशको मीत

सगरमाथाको देश नेपाल आज रोहिरहेछ
चिच्याइरहेछ, कराइरहेछ, गुहारमागी रहेछ
आउ नौजवान हातहरु केहि त गर
मर्नु पर्यो वने पनि, सिर उभयाई मर !!!

निरंकुशताको छाता नओड लोकतन्त्र फैलाउ
आकाशको कालो बादल पानी बनि बर्साउ
नराख देशमा कुतत्तो सत्यानास नै गर
उठाऊ हात जीतको, ढाल बनि अघिसर!!!

आज उभियौ भने, सत्रु पछि सर्छन
सपना देखर बस्नेहरु, छाती पिटी मर्छन
अन्त्यमा जीत हुनेछ तिम्रो, सिर ठडयई बाच्
देशको इज्ज़त बचायौ भने, रास्ट्रिय गीतमा नाच!!!

बन्छ बन्छ नेपाल अनि रहन्छ, तिम्रो शान
सक्छौ पुरा गर्न चाहना, हुन्छौ तिमि महान
देशको मित कहनछौ तिमि, अस्तित्व रहन्छ
निराश नबन साथी तिमि, भोलि तिम्रो सालिक बन्छ!!!

समिप खतिवडा

Saturday, June 25, 2011

कति बुद्धिमानी

हामी नेपाली यस देशका जनता
खानै नभएपनि देखाउनै पर्ने झड्का
देखनेले हेरिदिन्छ उसको बनावटी भेष
त्येसैले त कहिलेइ उभो लागेन हाम्रो यो देश!!

गरिब गर्छ काम
धनि खान्छ माम
प्रतिव्यक्ति राष्ट्रिय आयमा
आउछ गरिबको नि नाम !!

खान नपाएको ओठ
फुङ्ग भएको अनुहार
कहिले फेर्ने हो कुन्नि ?
यस देशका जनताको मुहार!!

धातुको खानी
सम्पदाका धनि
यस देशका जनता
कति बुद्धिमानी ???????

समिप खतिवडा

मै श्रेष्ठ

सबै भन्छन मलाई तेरो, यथार्थमा देश छैन
दुनो आफ्नो सोझ्याकै छु, अरु सोच्नु निमेष छैन

बिरोध गर्ने गरिरहून, दुइ चार जाना मरेपनि
थपिदिउला नाम लिस्टमा, मान्नु पर्ने आतेस छैन
सबै भन्छन .......................................

कुर्सिबाट कमाएको, अर्थपनि घट्दै गयो
आउला दिन लड्दै जादा, राखनु पर्ने क्लेस छैन
सबै भन्छन .......................................

जोरी हामीले खोज्ने पर्छ, पराकाको साथ छदा
आए भने तिनीहरुको, भेट्न बाकी सेश छैन
सबै भन्छन .........................................

समिप खतिवडा

सपना या बिपना

सपनमा देखेको, सचै रहेछौ परि
कता बिलिन भयौ तिमी, मेरो निद हरि ?
कती सुन्दर छौ तिमी, अनुमान नै छैन
कतै मेरो मस्तिक्, घुमाउने प्रायस हैन ?

साचै हैन भने तिमी, आउ मेरो नजिक्
थाहा पाउने प्रायश गर्छु, बसी तिम्रो समिप्
कुरा धेरै गर्नु छ, यो त केहि हैन
तिमी बाट टाढा हुन, मेरो मनै छैन । ।

साह्रै सुन्दर छौ तिमी, रहस्य खास के छ ?
मेरो मनमा यती धेरै, खुल्दुली किन भएको छ ?
किन यस्तो भएको, बुझ्न सकिएन
सपना कि बिपना यो, रहस्य केहि खुलेन । । ।

Friday, June 24, 2011

हुकुमत पिंजडाभित्र

अहिंसा परमो धर्मको प्रत्याभूति संगै
गौतम बुद्धिये धरातल अझै
आत्मियेता र भाइचाराको संदेश
छर्न सकेको छैन अझै
तराई बलिरहेको छ, जलिरहेको छ, ढलिरहेको छ
मुख दर्सकिय भइ रहेको छ यो देश !!!

शान्तिका लागि दसौ वर्ष तपस्या गर्नेहरु
अझै अशान्ति र अन्योलमा पिल्सिन बाध्य छन्
बर्षौदेखि गर्जिरहेको स्वोतन्त्र सिंहलाई पासोमा पारेपछि
आवश्य नै सिंह बाहिर आउने चेस्टा गर्छ
स्वाद सायद बिर्सोछ हुकुमतको !!

त्यहिँ सिंहलाइ पासोमा पार्ने भिड
त्यहिँ सिंहलाइ कब्जामा पार्ने आवाज
जब तराई जल्दा, बल्दा, र ढल्दा
मुख दर्सकीय भै बस्दैन
पक्कै पनि नयनमा पट्टि कस्दैन!!!

आउन लागेको शान्तिलाई बिथोथोलन खोज्नेलाई
हिजोको भिड अनि आवाज फेरी दोहोरिन्छ
त्यसपछी केहि नहुन सक्छा
केवल सुन्यता
डर अनि चिन्ता
इतिहास समाप्त
सैयौ वर्षको इतिहास समाप्त
मात्र सुन्यता!!!!

समिप खतिवडा ..

Monday, June 6, 2011

Love with fate

You hurt my heart, like thunder in rain
I believed upon you, but you gave me pain
I was willing your good, don’t think me bad
You went far from me and made me sad

I cried a lot, to loose my pain
But I didn’t find you, once again
You are a lier, you cheated me a lot
The pain in my heart, do not clot

There was my mistake, and I cried
Nothing to do, that’s why I hide
Love always remains, just for you
Whatever you think me, in point of your view

You hated me a lot, and hate me forever
But I wont loose you, and try you ever
I was really sad, when you hate
But I will think that, it was just a fate…….

Sunday, June 5, 2011

“Unknown hopeless way of my life"

The day when i had born
The day when I'll die
I don’t know who will cry
I don’t know who would shy

The way which i walk
The path which i follow
I don't know the path is right or wrong
But i know that all things which i do is alone

The rising sun in the morning
The setting sun in the evening
Is the way of my life
And my whole life is a lump

I don’t know the way, i should go
I don’t know the path, i should follow
I can’t understand the vastness of my life
Just want to end my life with a single knife