Sunday, May 19, 2013

आखिर दोषि को


गन्तब्य बिहिन यात्रा गरिरहदा मनमा अनेक किसिमका प्रश्न उठछन्, कहिले भविश्यलाई लिएर त कहिले बर्तमान सुधारर्न नसकेर, मनमा पैदा भइरहदा मन एक तमास भइरहेको हुन्छ। अनि म अकमक्क परेर बसीरहन्छु । म सोच्छु भोलिको भविश्य कस्तो होला भनेर तर उत्तर छैन म सँग र छ केबल सुन्यता । सायद मैले सोच्दा त मेरो भविश्य आखा उघार्न नसक्ने गरी प्रकाश छर्ने हुन्छ होला, तर के थाहा , भविश्यको कुरा, अध्यारो जसमा म हराउन सक्ने पनि त हुन सक्छ मेरो भविश्य ।

लेख्छु लेखिरहन्छु मन् मा तरङित् भएका मेरा भावना । साएद कहिलै यसरि नलेख्ने भएर होला दिमाग र मनले ब्रेक लगाउन मन गरिरहेको छैन र स्फुर्तिका साथ कलम चलाइ रहेको छ।मेरा दिमागमा आइरहने प्रस्नले मलाइ जहिले पनि धक्धकाइ रहेको हुन्छ। मनिसहरु समजबाट किन दिक्दारि मान्छन्, किन यहि समाजमा बौला भनाउदाहरुका आनुहार बढदै गहिरहेको छ? यस्ता अनेक प्रस्नहरु मेरा मनमा बिचलित भैरहेका छन्।
हुनत: मैले भेटेका र चिनेजानेकालाइ यो प्रस्न नसोधेको पनि होइन। सोधिरहन्छु बार् बार् -बारम्बार र मनमा पनि खेलाइरहन्छु तर अन्त्यको निस्कर्ष चै अचम्मको निस्कन्छ। कि त उनिहरु मलाइ पागल् भन्छन् र अर्को एक अनुहार् थप्छन कि त मैले एक् नयाँ अनुहार् थपिरहेको हुन्छु पागलको लिस्टमा।

के मनिषलाई समाजिक मुल्य र मन्यता चित्त नबुझेर नै हो त दिक्दारिको कारण?

र यस्तै यस्ता प्रस्नहरु मनमा उठिरहन्छन् र उत्तरबिनै सान्त बन्नुपर्ने हुन्छ म। सायद् यस्ता समस्याहरुले देशको विकाशसङ सम्बन्ध राक्छ त? हुन त, प्राय: मानिषहरुको उत्तर यस्तै नै हुने गर्दछ। त्यस्तै हो भने के विकशित मुलुकको चै समश्या होइन र? म त यस्ता कुराहरु मन्न तयार भएको छैन कि त बुझाउने व्यक्तिले बुझाउन नसकेको भन्नु पर्छ मैले।