Sunday, June 26, 2011

दुखेको मन

आश ठुलो थियो तिम्रो, आखिर टाढा भयौ
भूल मेरो सानो थियो, तर रुदै गयौ
फर्काउन सकिन तिमीलाई, धेरै कोशिस गरे
अन्त्यमा त नसकेर, आखामा आशु भरे!!!

धेरै वर्ष कुँरे तिमीलाई, तर फर्की आइनौ
यादमा मात्र सिमित भयौ, सामुन्ने त छैनौ
अब के नै बाकी छ र, तिमिनै गएपछी
माया भन्ने चिजै यस्तो, मुटु टुक्रेपछि!!!

गल्तीलाई त माफी दिन्छन, दिदैनन नि पिडा
बरु मलाई गरे हुन्थो, धेरै धेरै घ्रिडा
तिम्रो माया धेरै लाग्थो, लाग्छ आज पनि
लग्यो समयले छानी छानी, तिमीलाई पनि!!!

समिप खतिवडा

0 comments:

Post a Comment